Aafno Khabar

प्रदेश १ काे पहाडी भूभागमा हल्का वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • October 12, 2020 प्रकाशित

काठमाडौं । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले साेमबार प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ का केही पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना छ । अन्य भूभागमा भने मौसम सफा रहने छ ।

राति पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाकाे पूर्वानुमान छ । देशका अन्य भू-भागमा मौसम सफा रहनेछ ।

सम्बन्धित शीर्षकहरु