Aafno Khabar

नागरिक संवेदनशील नभए फेरि लकडाउन !

  • आफ्नो खबर
  • October 11, 2020 प्रकाशित

काठमाडाैं । काठमाडाैं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बढेको भन्दै सरकारले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरेको छ ।

आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको हाे ।

उहाँले हालको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नराखेको भए पनि नागरिक संवेदनशील नभएमा पुनः लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो ।

उहाँले कोरोना नियन्त्रणमा केही जिल्लाको प्रयास उदाहरणीय भएकाले ती जिल्लाबाट काठमाडौंले सिक्नुपर्ने बताउनुभयो । काठमाडाैं काेराेना नियन्त्रणमा पछि परेकाे पनि उहाँकाे भनाइ थियो ।