Aafno Khabar

सरकार र डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति

  • आफ्नो खबर
  • October 11, 2020 प्रकाशित

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपछि डा. केसीले अनशन त्यागेका छन् ।

डा. केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी अबकाे शैक्षिक सत्रदेखि एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पीसीआर परीक्षण बढाउने तथा कोभिड–१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने, अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्नेलगायतका सहमति भएको छ ।