Aafno Khabar

विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

  • एजेन्सी
  • October 10, 2020 प्रकाशित

PHOTO CREDIT : HAIDAR MOHAMMED ALI

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले यस वर्षको नोबेल शान्ति पुरस्कार जितेको छ ।

भोकमरी नियन्त्रणको प्रयास गरी शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

पुरस्कार स्वरुप डब्लूएफपीले११ लाख डलर प्राप्त गर्ने छ ।

पुरस्कार पाएको डब्लुएफपीले सम्मानबाट आफूहरु अति आभारी भएको बताएको छ ।