Aafno Khabar

एक महिनापछि भारतमा काेराेनाका सक्रिय संक्रमित ९ लाखभन्दा कम

  • एजेन्सी
  • October 10, 2020 प्रकाशित

नयाँ दिल्ली । भारतमा एक महिनापछि काेराेना संक्रमितकाे संख्या केही मात्रामा घटेको छ ।

अहिले भारतमा एक्टिभ केस ९ लाखभन्दा तल झरेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । भारतमा अझै पनि दैनिक ७० हजारभन्दा धेरैमा कोभिड १९ का संक्रमित फेला परिरहेका छन् ।

बिहीवारको परीक्षणमा ७० हजार ४ सय ९६ नयाँ केस थपिएकाे छ । डिस्चार्ज हुने संक्रमितको संख्या ७८ हजार ३ सय ६५ रहेकाे समाचारमा जनाइएकाे छ । एक महिना पछि भारतमा संक्रमणको एक्टिभ केस ८ लाख ९३ हजार रहेको छ ।

पछिल्लो तीन सातामा औसत केस थपिने क्रम पनि केही कम हुन थालेको छ । तर पनि भारतका कतिपय राज्यमा काेराेनाकाे जोखिम झन् बढ्दो अवस्थामा रहेकाे छ ।