काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे एक बजे उहाँको निधन भएको हो ।
प्रसाईं श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो । १९७८ को माघ १५ मा जन्मनुभएका उहाँ स्वर्गीय कृष्णप्रसाद भट्टराई सभापति हुँदा विसं २०४८ को आठौं महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष हुनुभएको थियो ।
पूर्वकोषाध्यक्ष प्रसाईंको निधनप्रति नेपाली कांग्रेसले दु ख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रसाईंले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रसाईंकी पत्नी, तीन छोरा र दुई छोरी रहेका छन् ।