काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका व्यक्ति आइसोलेसनमा नबसे ६ महिना जेल सजाय हुने भएको छ ।
संक्रमितहरु आइसोलेसनमा नबसेको सूचना प्राप्त भएको जानकारीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइसोलेसनमा नबस्ने व्यक्तिका लागि संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुनसक्ने चेतावनी दिनुभयो ।
‘केही कोरोना संक्रमित आइसोलेसनमा नबसेको पाइएको छ। त्यस्तो अवस्थामा घरपरिवार र छिमेकीले समेत अनुगमन गरी खबर गरिदिन अनुरोध छ,’ शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयाे ।