फाइल फोटो ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनाभन्दा कम समयमा आठवटा गैंडा मृत फेला परेका छन् । एकसातामा मात्र तीन गैंडा मृत भेटिएको छ ।
बुधबार एउटा गैंडा नारायणी नदीमा मृत अवस्थामा फेला परेको चितवन निकुञ्जका सूचना अधिकारी अशाेक रामले जानकारी दिनुभयो । सूचना अधिकारी रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो ।
डुंगा गस्ती टोलीले बुधबार दिउँसो अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको हो । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थामा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।