Aafno Khabar

काठमाडौंका अस्पतालमा बेड अभाव, यही स्तरमा संक्रमण बढे भार थाम्न नसक्ने

  • आफ्नो खबर
  • October 7, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका अस्पतालमा बेड अभाव हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको बताउनुभयो ।

अहिलेको स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसहरूको भीड देख्दा संक्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।