Aafno Khabar

काजल अग्रवालले गरिन् विहेको घोषणा

  • एजेन्सी
  • October 7, 2020 प्रकाशित

तेलगू फिल्म उद्योगकी अभिनेत्री ३५ वर्षीया काजल अग्रवालले विहेको घोषणा गरेकी छन्।

उनको विहे यसै महिनाको ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग हुने भएको हो । काजलले इंस्टाग्राममा आफ्नो विहेको घोषणा गरेकी हुन् ।

गौतम किचलू एक एंटरप्रेन्योर र डिस्सर्न लिविंग डिलजाइन शपका फाउण्डर तथा एक इंटेरियर डिजाइनर हुन् । उनीहरुले लामो समयको प्रेम विहेमा परिणत गर्न लागेका हुन् ।

काजलले बलिउड फिल्म पनि खेलेकी छन् ।