Aafno Khabar

कलाकार हरिवंश आचार्य कोरोना संक्रमित

  • आफ्नो खबर
  • October 6, 2020 प्रकाशित

काठमाडाैं । कलाकार हरिवंश आचार्य कोरोना संक्रमित भएका छन् । सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका हुन् ।

उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य सामान्य छ ।

‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ आचार्यले फेसबुकमा लेखेका छन्।