Aafno Khabar

यातायात व्यवस्था कार्यालय भक्तपुरका कर्मचारीमा कोरोना, सम्पूर्ण सेवा बन्द

  • आफ्नो खबर
  • October 5, 2020 प्रकाशित

काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ । असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको हो ।

कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गरेका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो ।

सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु