Aafno Khabar

कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द हुने

  • आफ्नो खबर
  • October 4, 2020 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्याल पाँच दिनसम्म बन्द रहने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि कार्यालय बन्द हुने भएको हो ।

कार्यालय २२ गतेसम्म बन्द रहने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र गगन थापामा शनिबार कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।