Aafno Khabar

चेल्सी र एभर्टनको सानदार जित, बराबरीमा रोकियो सिटी

  • आफ्नो खबर
  • October 4, 2020 प्रकाशित

इंग्लिस प्रिमियर लिगमा चेल्सीले शानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सीले क्रिस्टलमाथि ४–० को जित निकालेको हो ।

जितका लािग जोर्गिन्होले पेनाल्टीमार्फत् २ गोल गरे भने बेल चिलवेल र जोउमाले समान १–१ गोल गरे । खेलको ५० औं मिनेटमा चिलवेलले गोल गरी सुरुवाती अग्रता दिलाए । ६६ औं मिनेटमा जोउमाले गोल गरे ।

७६ औं मिनेटमा क्रिस्टलका माइकलले चेल्सीका अब्राहम लडाएपछि पाएको पेनाल्टीको अवसरमा चेल्सीले अर्को गोल थप्यो भने त्यसको तीन मिनेट दोस्रो पेनाल्टी पायो ।

शनिबार राति नै सम्पन्न अर्को खेलमा ब्राइटनमाथि एभर्टनले ४–२ को जित निकालेको छ । जेम्स रोड्रिग्वेजको २ गोलको सहयोगमा एभर्टनले जित निकालेको हो ।

अर्को खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ भने न्युकासलले बर्नलीलाई ३–१ गोलले हराएको छ ।