आईपीएलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । जितपछि ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंकतालिकाको शीर्ष स्थानमा फर्किएको छ ।
जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १० रन बनायो ।
कोलकाताका नितिश रानाले ५८, इयोन मोर्गनले ४४, राहुल त्रिपाटीले ३६ र सुबमन जिलले २८ रन जोडे । दिल्लीको पालीमा कप्तान श्रेयस अय्यरले ८८, पृथ्वी सले ६६ र रिसभ पन्तले ३८ र शिखर धवनले २६ रन जोडे ।