Aafno Khabar

यस्तो छ शनिबारको मौसम पूर्वानुमान

  • आफ्नो खबर
  • October 3, 2020 प्रकाशित

काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्र प्रभावका कारण मौसम बदली भएको हो ।

शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

नेपालमा मनसुन सकिन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुन लागेकाले पर्सिसम्म नै देशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने भएकाले मनसुन सकिन अझै केही दिन लाग्ने भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गत बिहीबार नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ ।

सम्बन्धित शीर्षकहरु