काठमाडौं । काठमाडौं महानगरपालिकाले घरधनीहरूलाई डेरामा बस्नेको पिसिआर परीक्षणमा दवाव नदिन आग्रह गरेको छ ।
महानगरको जनस्वास्थ्य महाशाखाले सूचना निकालेर भनेको छ, ‘केही दिन यता काठमाडौं महानगर क्षेत्रभित्र डेरा गरी बसोबास गर्नेलाई घर धनीले अनिवार्य पिसिआर रिपोर्ट आवश्यक पर्ने भन्ने गुनासो आएकाले जवर्जस्ती परीक्षणका लागि बाध्य नपार्न अनुरोध गरिएको छ।’
औद्योगित प्रतिष्ठानहरूमा कार्यरत श्रमिक कर्मचारीलाई समेत काम गर्न आउँदा अनिवार्य परीक्षण गर्न लगाउने भन्ने गुनासो आएको भन्दै महानगरले त्यसो नगर्न अनुरोध गरिसकेको उल्लेख गरेको छ ।
वैद्यक्तिक स्वतन्त्रता हनन् हुने गरी यस्ता अमानवीय क्रियाकलापहरू प्रचलित कानूनअनुसार दण्डनीय हुने पनि महानगरले बताएको छ ।