काठमाडौं । नेपाल आयल निगमले बिहिबार रातिबाट डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
नयाँ मुल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर ८९ रुपैयाँ भएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।