Aafno Khabar

सुन चाँदीको मूल्यमा सामान्य गिरावट

  • आफ्नो खबर
  • October 1, 2020 प्रकाशित

काठमाडौं । बिहीबार सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी बिहीबार तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।