काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका छन् ।
सोमबार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।