Aafno Khabar

ट्रम्पलाई विषाक्त पत्र पठाएको आशङ्कामा एक महिला पक्राउ

  • आफ्नो खबर
  • September 21, 2020 प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त (रिसिन नामक खतरनाक केमिकल) पत्र पठाएको आशङ्कामा एक महिला पक्राउ परेकी छन् ।

विषाक्त पत्र पठाएको आशङ्का गरिएकी महिला क्यानडाबाट अमेरिका प्रवेश गर्न खोजेको अधिकारीहरुले बताएका छन् ।

तर ती महिला को हुन् भन्नेबारेमा अन्य जानकारी दिइएको छैन् । ती सबै पत्र राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको टेक्सासमा गरिएको अनुसन्धानको क्रममा खुलेको छ ।

अमेरिकी कानुन प्रवर्तन अधिकारीका अनुसार ती महिलाले बन्दुक बोकेकी थिइन् र उनलाई अमेरिकी अधिकारीहरुले पक्राउ गरेका हुन् ।