Aafno Khabar

शनिबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • आफ्नो खबर
  • September 19, 2020 प्रकाशित

काठमाडाैं । देशभर शनिबार सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शनिबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहानीपख देशभर सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।