Aafno Khabar

सुन चाँदीको मूल्य बढ्यो

  • आफ्नो खबर
  • September 18, 2020 प्रकाशित

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार ९६ हजार १ सयमा कारोबार भएको तेजावी सुनको मूल्य शुक्रबार बढेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ३ सय २० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ३ सय ३० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।