Aafno Khabar

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको यस्तो अफर

  • आफ्नो खबर
  • September 18, 2020 प्रकाशित

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराउने भएको छ ।

कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ ।

अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमायसमा ३४ दशमलव ७ प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ । सो अनुसार यो प्याक असोज २, ३ र ४ गते ५५५ रुपैयाँमा उपलब्ध हुनेछ ।

सम्बन्धित शीर्षकहरु