Aafno Khabar

ओलीद्वारा मोदीलाई जन्मदिनको शुभकामना

  • आफ्नो खबर
  • September 17, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७० औँ जन्मदिनको शुभकामना दिनुभएको छ ।

ट्विटमा ओलीले मोदीको सुस्वास्थ्य र खुशीको कामना गरी जन्मदिनको शुभकामना दिनुभएको हो । मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भएको हो ।

ट्वीटमा भनिएको छ ‘प्रधानमन्त्री नरेन्द्र मोदी जीलाई जन्मदिनको शुभ अवसरमा हार्दिक अभिवादन । म तपाईँको राम्रो स्वास्थ्य र खुशीको कामना गर्छु । हामी दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न सँगै मिलेर काम गर्ने छौँ ।’