काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त एक सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा तत्कालै राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष हुनेछ।
२०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम पटक पटकको प्रयासपछि राष्ट्रियसभा सदस्य बन्न सफल हुनुभयो ।