काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काेइराला अस्पताल भर्ना हुनुभएकाे छ ।
काेराेना संक्रमण भएपछि हाेम आइसाेलेसनमा रहनुभएका काेइराला अचानक ज्वराे आएपछि अस्पतालमा भर्ना हुनुभएकाे हाे । उहाँ मंगलबार साँझ चावहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएकाे हाे ।
अहिले उहाँकाे ज्वराे घटेकाे र उपचार भइरहेकाे अस्पताल स्राेतले बताएकाे छ ।