Aafno Khabar

पछिल्लाे २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै काेराेना संक्रमित फेला

  • एजेन्सी
  • September 14, 2020 प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएको छ । गत २४ घण्टामा विश्वभर ३ लाख ७ हजार ९ सय ३० जना मानिसमा संक्रमण देखिएको संगठनले जनाएको हो ।

डब्लूएचओका अनुसार कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको छ।

भारत, अमेरिका र ब्राजिलमा संक्रमितको संख्या बढ्दा नयाँ रेकर्ड बनेको हो । विश्वभर अहिलेसम्म २ करोड ८० लाख मानिसमा कोभिड १९ को संक्रमण देखिएको छ जसमा आधा अमेरिकामा छन् ।

यसअघि गत ६ सेप्टेम्बरमा अत्याधिक संक्रमित फेला परेका थिए । त्यस दिन ३ लाख ६ हजार ८ सय ५७ जना नयाँ संक्रमित फेला परेकाे डब्लूएचओले जनाएकाे थियाे ।