सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । २० जना अझै बेपत्ता रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुने सबैको सनाखत भएको छ । मृत्यु हुनेहरुमा
१.भक्तिमाया श्रेष्ठ – ६३ वर्ष
२. जुनु विक – २३ वर्ष
३.शुकलाल विक – २४ वर्ष
४.सन्देश विक – ८ वर्ष
५.सर्किनी नेवार – ६० वर्ष
६.धनलाल नेवार – ६५ वर्ष
७.ट्याक्सी शेर्पा – ९८ वर्ष
८ .हिरामाया नेवार – ६० वर्ष
९.ज्ञानीमाया प्रधान – ४२ वर्ष
१०.सरस्वती विक – ५ वर्ष
११.करणबहादुर श्रेष्ठ – २५वर्ष
गएराति गएको पहिराले ११ घर क्षति पुगेको छ। पहिरोमा बेपत्ता भएकाको खोजी भइरहेको छ ।