Aafno Khabar

कस्ताे रहला शनिबारकाे माैसम ?

  • आफ्नो खबर
  • September 12, 2020 प्रकाशित

काठमाडौं । शनिबार देशभर सामान्यतया बदली रहने र केही स्थानमा पानी पर्ने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार बिहान प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ कही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएका छ ।

शनिबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।