Aafno Khabar

उपत्यकामा जाेरविजाेर, सार्वजनिक यातायात पनि चल्ने

  • आफ्नो खबर
  • September 9, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ । तीन साता लामाे कडा निषेधाज्ञापछि बिहीबारदेखि सीमित निषेधाज्ञा गरिएकाे हाे ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

निजी सवारी साधनमा र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ ।

पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।

के के खुल्छ, के के खुल्दैन ?