Aafno Khabar

उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित

  • आफ्नो खबर
  • September 9, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३ सय ९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।