Aafno Khabar

राेनाल्डाेकाे कीर्तिमान : शतकभन्दा बढी अन्तर्राष्ट्रिय गाेल

  • एजेन्सी
  • September 9, 2020 प्रकाशित

यूईएफए नेशन्स लिग अन्तर्गत मंगलबार राति भएकाे खेलमा पाेर्चुगलसँग स्वीडेन पराजित भएकाे छ । पाेर्चुगलकाे जितमा  क्रिष्टियानाे राेनाल्डाेले २ गाेल गरे ।

याे गाेलसँगै राेनाल्डाेले पाेर्चुगलका लागि १०० गाेलकाे आँकडा पार गरेका छन् । राेनाल्डाेले पाेर्चुगलका लागि हालसम्म १०१ गाेल गरेका छन् ।

पाेर्चुगलका लागि राेनाल्डाेले ४५ औँ मिनेटमा र ७२ औँ मिनेटमा गाेल गरेका हुन् । ४५ औँ मिनेटमा २५ यार्ड टाढाबाट हानेकाे फ्रीकिक सिधा गाेलमा परिणत भएकाे थियाे । त्यसपछि उनले ७२ औँ मिनेटमा पहिलाे हाफकाे अग्रता दाेब्बर पारे ।