Aafno Khabar

काेराेना संक्रमित थप ६ जनाकाे मृत्यु

  • आफ्नो खबर
  • September 8, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हाे ।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । यस्तै, म‌ंगलबार नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । संक्रमितमध्ये ३२ हजार ९ सय ६४ जना निको भएर घर फर्किएका छन् ।