काठमाडौं । काठमाडाैं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय २६ जनामा कोरोना संक्रमण भेटिएको हो ।
त्यसमध्ये काठमाडौंका २ सय ९३ जना, ललितपुरका २० जना, र भक्तपुरका १३ जना छन् । साेमबार नेपालभर थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।