काठमाडौं । आइतबार देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेको छ।
आइतबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश नम्बर २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।