Aafno Khabar

यस्ताे छ हिमालय एयरलाइन्सकाे नियमित र उद्धार उडानकाे भाडादर

  • आफ्नो खबर
  • September 4, 2020 प्रकाशित

काठमाडौं । हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले जनाएकाे छ ।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन विभिन्न मुलुकबाट गरिने उद्धार चार्टर्ड उडानको भाडादर अनुरुप दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, कुवेतको ३९२ डलर तोकिएको छ । त्यस्तै बहराइनकाे ४१०, मालेको ४८०, सिङ्गापुरको ५२० र स्लामाबादको ३५० डरल कायम गरिएको छ ।

सरकारले सेप्टेम्बर २ तारिखदेखि अन्तर्राष्ट्रिय उडान पुन: सुचारु गर्न अनुमति दिएपछि हिमालय एयरलाइनसले सहज पीसीआर उपलब्ध हुने देशमा उडान अनुमति प्राप्त गरेकाे हाे ।