Aafno Khabar

सुनकाे मूल्यमा सामान्य गिरावट

  • आफ्नो खबर
  • September 4, 2020 प्रकाशित

काठमाडौं । शुक्रबार सुनकाे मूल्य सामान्य घटेकाे छ ।

बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक सयले घटेर ९६ हजार चार सय रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार छापावाला सुनकाे मूल्य ९६ हजार पाँच सय रुपैयाँ थियो ।

शुक्रबार तेजावी सुनको मूल्य पनि एक सय रुपैयाँले घटेर ९५ हजार ९ सय कायम भएको महासंघले जनाएकाे छ। बिहीबार तेजाबी सुनकाे मूल्य ९६ हजार रुपैयाँ थियो ।

चाँदीको मूल्य शुक्रबार प्रतितोला ३५ रुपैयाँले घटेर एक हजार तीन सय १० रुपैयाँ कायम भएको छ ।