Aafno Khabar

आदिपुरुषमा ‘राम’ प्रभास, ‘रावण’ सैफअली खान

  • एजेन्सी
  • September 4, 2020 प्रकाशित

निर्देशक ओम राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘आदिपुरुष’ प्रभास रामकाे भूमिकामा र सैफअली खान रावणकाे भूमिकामा काम गर्ने पक्का भएको छ ।

भारतीय सञ्चार माध्यमले सैफअलीले चलचित्रमा रावणको भूमिका निर्वाह गर्न लागेको बताएका हुन् । उनी प्रभास स्टारर चलचित्रमा रावणको भूमिका निभाउनेछन् ।

यसअघि राउतकाे निर्देशनमा बनेकाे चलचित्र ‘तानाजी’ मा पनि खानले खलनायकको भूमिका निर्वाह गरेका थिए । यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण गरिने बताइएकाे छ ।

याे पनि :  बाहुबली स्टार प्रभासको आगामी फिल्म ‘आदिपुरुष’को फर्स्ट लुक