बेलायतका रिकी एश नामक एक स्टन्ट म्यानलेे डरलाग्दाे शैलीमा आफ्नी प्रेमिकासँग विवाहकाे प्रस्ताव राखेका छन् । उनले आफ्नी प्रेमिका कट्रिना डबसनमाथि विवाहकाे प्रस्ताव राख्दा उनकाे शरिरमा आगाे लागेकाे छ ।
पेशाले स्टन्टम्यान रिकी विवाहको प्रस्ताव राख्न प्रेमिकाको अघि शरीरमा आगो लगाएर पुगे । त्यहाँ उनले फिल्मी शैलीमा घुँडा टेकेर विवाहको प्रस्ताव राखे ।
प्रस्ताव राख्ने क्रममा उनले सुरक्षाका सबै तयारी गरेका थिए । प्रस्ताव राख्नासाथ उनका सहयोगीले आगो निभाइदिए । ५२ वर्षीय रिकी लामो समयदेखि स्टन्ट गरिरहेका छन् ।
रिकीकी प्रेमिका पेशामा नर्स हुन् । उनीहरुको भेट अनलाइनमार्फत भएको थियो । जब उनीहरुकाे भेट भयाे तब उनीहरुकाे प्रेम टुट्ने अवस्थामा पुग्याे । तर रिकीको प्रेम र उनको व्यवहारले कट्रिनाले रिकीकाे प्रस्ताव स्वीकार गरेकाे बताइएकाे छ ।