Aafno Khabar

राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

  • आफ्नो खबर
  • September 3, 2020 प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

आज बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो।

राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्य पद छ महिनादेखि रिक्त थियो।