काठमाडौं । सरकारले पेट्रोलको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्राेलमा प्रति लिटर २ रुपैयाँ मूल्य बढाएको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १ सय ७ प्रतिलिटर पुगेकाे छ ।
डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।