Aafno Khabar

यो वर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट नदिने

  • आफ्नो खबर
  • August 31, 2020 प्रकाशित

काठमाडौं । यो वर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट नसाटने भएको छ । नेपाली हिन्दुहरुको महानपर्व दशैंको उपलक्ष्यमा हरेक वर्ष साट्दै आएको नयाँ नोट यो वर्ष कोरोना संक्रमणका कारण नसाटने भएको हो ।

हरेक दशैं लक्षित गरेर राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो ।

यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो ।

तर यसपाली भने बढ्दो कोरोना भाइसरको संक्रमणका कारण भिडभाड हुने जस्ता कुनै पनि कार्य नगर्ने सरकारको निर्देशन छ । सो निर्देशनलाई पालना गर्दै दशै लक्षित नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अधिकारीले बताए ।

गत वर्षको दशैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो ।