लस एन्जलस । हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ का नायक चाडविक बोसम्यानको निधन भएको छ । ४३ वर्षीय बोसम्यानको उनको परिवारले जनाएको सीएनएनले उल्लेख गरेकाे छ ।
सन् २०१६ मा उनमा कोलन क्यान्सर देखिएको थियो । त्यसयता उनी आफ्नो उपचार गराइरहेका थिए । उनकाे निधन लस एन्जलसस्थित घरमा नै भएकाे समाचारमा जनाइएकाे छ ।
साउथ क्यारोलिनामा जन्मिएका बोसम्यानले गेट अन अप, फोर्टी टु लगायतका चलचलित्रमा अभिनय गरेका छन् ।