काठमाडाैं । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
अहिले मनसुनको न्यूनचापीय रेखा नेपाल भन्दा दक्षिणतर्फतर्फ रहेको छ । भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली अवस्थित रहेको र उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम सरेकाले केही कमजोर हुने देखिएको हो ।