Aafno Khabar

देशभर बदली, केही भूभागमा भारी वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • August 27, 2020 प्रकाशित

काठमाडौं । देशभरको मौसम बिहीबार सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुन न्यूनचापीय रेखा पश्चिमी भू–भाग नजिक रहेको छ । उत्तरी बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीका कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव परेकाले मौसममा बदली भइरहेकाे माैसमविदले जनाएका छन् ।

बिहीबार दिउँसो देशभर सामान्यतया बदली रहने र केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।