काठमाडाैं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले यस वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको चिकित्सा शिक्षातर्फको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रममा भर्ना नलिने भएकाे छ ।
आयोगको बैठकले यस वर्षदेखि भर्ना नलिने निर्णय गरेको आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलले जानकारी दिनुभयाे ।
आयोगले चकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ ले चिकित्सा शिक्षाअन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको जनाएकाे छ ।
निर्णय अनुसार सीटीईभीटीको प्रमाणपत्र तह मुनिका अनमी, सीएमए, ल्याब असिस्टेन्ट, आयुर्वेद, अकुपञ्जर र अकुप्रेसरका कार्यक्रममा भर्ना लिइने छैन । आयोगले विश्वविद्यालय र प्रतिष्ठान तथा ती अन्तर्गतका शिक्षण संस्थाहरूले सञ्चालन गरेको प्रमाणपत्र तहका कार्यक्रममा पनि भर्ना लिन नपाइने जनाएकाे छ ।