Aafno Khabar

देशका विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • August 26, 2020 प्रकाशित

काठमाडौं । बुधबार देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसाे प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै, बुधबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे सूचनामा उल्लेख छ ।