काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनको मूल्य मंगलबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
केही दिनयता सुनकाे मूल्य घटिरहेकाे छ । आइतबार सुन तोलामा ४ सय रुपैयाँ र सोमबार ५ सय रुपैयाँले घटेको थियो ।
मंगलबार चाँदीको मूल्य भने स्थिर छ । मंगलबार चाँदी प्रति तोलामा एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।