Aafno Khabar

गृह मन्त्रीकाे सचिवालयकाे जवाफ : धान खेतमा हाेइन, खाेला किनारमा कार्यक्रम गरेका हाैँ

  • आफ्नो खबर
  • August 24, 2020 प्रकाशित

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयले अछाममा धान खेतमा कार्यक्रम नगरिएर खाेलाकाे किनारामा गरिएकाे जनाएकाे छ ।

खेतमा धानबाली मासेर कार्यक्रम गरिएको समाचार गलत रहेको दाबी पनि गृह मन्त्रालयले गरेको छ । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईद्वारा जारी प्रेस नाेटमा भनिएकाे छ, ‘बाढीले धानखेती नस्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो । प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको होइन ।’

शुक्रबार गृहमन्त्री थापासहितको टोली अछामको रामारोसनमा गएको थियो ।

मङ्गलबार आएको बाढीले रामारोशन–५ सैनीबजार बगाएपछि स्थलगत निरीक्षण र राहत वितरणका लागि गृहमन्त्रीकाे टाेली त्यहाँ पुगेकाे थियाे । बाढीमा ७ जनाकाे मृत्यु भएकाे छ भने ११ जना बेपत्ता छन् ।